१ भदौ २०८३, सोमबार | August 17, 2026

भोलिबाट नेपालगन्ज साइकल फेस्टिवल अन्तर्गत ‘टुर द ठाकुरद्वारा’



नेपालगन्ज । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा ‘टुर द ठाकुरद्वारा’ को तयारी पूरा भएको छ ।

यही माघ २६ गते नेपालगन्जबाट सुरु हुने ‘टुर द ठाकुरद्वारा’को यात्रा २७ गते बर्दियाको ठाकुरद्वारामा सम्पन्न हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा दुई सयभन्दाबढी साइकलयात्री सहभागी हुने छन् । कार्यक्रम संयोजक सतिस निरौलाका अनुसार बाँकेको बागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा एक सय ४ किलोमिटर लामो रहेको छ ।

उनले बागेश्वरी मन्दिरबाट सुरु भई साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने बताए । चीन र भारतबाटसमेत साइकल यात्रीको सहभागिता रहने कार्यक्रम संयोजक निरौलाले बताए । टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब रु २७ लाख खर्च हुने अनुमान गरिएको उनले जनाकारी दिए ।

साइकल यात्रामा सहभागी हुने साइकलयात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १० : ०८ बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट