१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पत्रकार महासंघको पुस्तक सार्वजनिक कार्यक्रम फोनिजबाट बिथोलियो



काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक सार्वजनिक कार्यक्रम बिथोलिएको छ । पुस्तकमा गलत इतिहास कायम गर्न खोजिएको भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले कार्यक्रम बिथोलेको हो ।

पुस्तकमा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार संघ (फोनिज)का नेताहरुले सार्वजनिक गर्न तयार पारिएको पुस्तक नियन्त्रणमा लिएर कार्यक्रम बिथोलेका हुन् । फोनिज अध्यक्ष गजुर्धन राई, महासचिव मिलन लिम्बु लगायतले मञ्चमै पुगेर सार्वजनिक गर्न तयार पारिएको पुस्तक नियन्त्रणमा लिएका थिए ।

उनीहरुले पुस्तक सार्वजनिक नगर्न आग्रह गर्दागर्दै पनि पत्रकार महासंघले बलमिच्याइँ गरेको आरोप लगाए । नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममै फोनिजका नेताहरुले पुस्तक बजारमा गए जलाउने चेतावनी समेत दिए ।

सार्वजनिक पुस्तक नै च्यातेर फोनिजले आपत्ति महसंघको कदमको बिरोध जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : ३१ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको