११ श्रावण २०८१, शुक्रबार | July 26, 2024

नेपालगन्जको घरबारीटोलबाट त्रिबेणी मोडसम्म आजबाट एकतर्फी पार्किङ



नेपालगन्ज । अब्यवस्थित पार्किङका कारण अस्तब्यस्त नेपालगन्जका भित्री सडकको ट्राफिक ब्यवस्थापन गर्न भन्दै घरबारी टोलदेखि त्रिवेणी मोडसम्मको सडकमा आजबाट एकतर्फी पार्किङ कायम गरिएको छ । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल) देखि त्रिवेणी मोडसम्म एकतर्फी पार्किङ कायम गरिएको हो ।

एकतर्फी ब्यवस्थापन अन्तर्गत आइतबार, सोमबार र मंगलबार दायाँ तथा बुधबार, बिहीबार र शुक्रबार बायाँतर्फ मात्र पार्किङ गर्ने गरि ब्यवस्था मिलाइएको छ । ताकिएको बार र स्थानमा पार्किङ गराउन ट्राफिक प्रहरीले कडा अनुगमन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले बताए ।

नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा आइतबार सचेतना र्याली गर्दै पार्किङ व्यवस्थित गर्ने कार्यको सुरुवात गरिएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख विष्टले सुरुवातमा घरबारी टोलदेखि त्रिवेणी मोडसम्म कायम गरिएको वन वे पार्किङले नगरमा सुखद सन्देश दिने विश्वास व्यक्त गरे । उनले सबैको सहयोग र समन्वयमा सहरका अन्य ब्यस्त सडकमा समेत वन वे आवागमन र वन वे पार्किङ कायम गरिने बताए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष धामीले व्यवसायलाई मर्यादित बनाउनका लागि समेत सहर व्यवस्थित हुनुपर्ने आवश्यकता बोध गर्दै ट्राफिक व्यवस्थापनका लागि अगुवाई गगरिएको बताए ।

बाँके प्रहरी प्रमुख बोहराले सडकको अस्तब्यस्तता व्यस्थापन गर्दै सवारी आवागमन सहज बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवेदी लगायतले घरबारी टोलदेखि त्रिवेणी मोडसम्म घरदैलो नै गरेर एकतर्फी पार्किङबारे जानकारी गराएका थिए ।

कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओली, महासचिव भीम रानाभाट, कोषाध्यक्ष मख्खनबहादुर धामी लगायत उपस्थित थिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  २ : ५१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान