२९ भदौ २०८३, सोमबार | September 14, 2026

खजुरामा प्रथम शहिद लखन थापाको शालिक अनावरण



खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ को सैनिकगाउँमा नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

सैनिक गाउँस्थित बहादुरपुर चोकमा शहीद लखन थापको शालिक अनावरण गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक तुफान, उपाध्यक्ष मन्जु मल्ल तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले संयुक्तरुपमा शालिकको अनावरण गरेका थिए ।

१४७औं लखन थापा मगर स्मृति दिवसका अवसरमा अनावरण गरिएको शहिद लखन थापा मगरको पूर्ण कदको शालिक साढे ६ फिट अग्लो छ भने तौल २०० केजी रहेको छ ।

अनावरण कार्यक्रममा बोलदै गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले शहिदले देखाएको मार्गमा हिँड्नुपर्ने भन्दै शहिदकै कारण आज हरेक नागरिकले स्वतन्त्र भएर बाच्न पाएको बताए ।

उनले समाज परिवर्तनका लागि बलिदान दिनेहरु भौतिक रुपमा नरहे पनि समाजमा सधैं बाँचिरहने् बताए । हाँसीहाँसी जीवन बलिदान गर्ने शहिदलाई सबैले सम्मान र आदर गर्नुपर्ने पनि उनले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, वडाध्यक्षहरु लगायतले बोलेका थिए ।

नेपाल मगर संघ खजुरा गाउँपालिकाका अध्यक्ष उज्ज्वल सिंह थापाको सभापतित्वमा आयोजना भएको शालिक अनावरण कार्यक्रमअघि लखन थापाको शालिकलाई बाजागाजासहित सैनिकगाउँका बिभिन्न टोलहरुमा परिक्रमा गराइएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ५५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ