२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

तिलोत्तमाको होराइजन गौतमबुद्ध माविमा खेल सप्ताह सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि खेलकुद तथा पुरस्कार वितरण सप्ताह सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका खुलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भलिबल खेलको उद्घाटन गर्दै सप्ताहको शुभारम्भ गरिएको हो ।

सप्ताह अन्तरगत शुक्रबार भलिबल, बास्केटबाल तथा कबड्डी प्रतियोगिता आयोजना भएका छन् । यसैगरी शनिबार कोड वर्क, फुटबल, २ सय मिटर दौड तथा चित्रकला प्रतियोगिता आयोजना गरिने विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए ।

विद्यालयका विद्यार्थीलाई विभिन्न सदनमा विभाजन गरी प्रतिस्पर्धा गराइने खेल सप्ताह अन्तरगत आइतबार ब्याडमिन्टन, टेबल टेनिस र हाजिरी जवाफ प्रतियोगिता गराइने आचार्यले जानकारी दिए । कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई उमेर समूह तथा छात्रा र छात्र विभाजन गरी अन्य प्रतियोगिताहरु समेत सञ्चालन गरिएको आचार्यले जानकारी दिए ।

फागुन ७ गते मूल समारोहको आयोजना गरी प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने बताए । विद्यालयका अन्य शैक्षिक कार्यक्रमहरुमा समेत उत्कृष्ट बन्न सफल विद्यार्थीलाई मूल समारोहमा पुरस्कार वितरण गरिने जनाइको छ ।

शुक्रबार खेल सप्तहको शुभारम्भ गर्दै तिलोत्तमा नगरका शिक्षा शाखा प्रमुख आचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले प्रतियोगिता सफलताको कामनासहित शुभकामना व्यक्त गरे । यस क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल विद्यालयले शैक्षिकसँगै अतिरिक्त गतिविधिहरुमा समेत आफूलाई अब्बल बनाउन सप्ताह सहयोग रहने उल्लेख गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ३५ बजे

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई

पराजयको नैतिक जिम्मेवारी लिँदै कांग्रेस सभापति गगन थापा राजीनामा दिने सोचमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि