२९ भदौ २०८३, सोमबार | September 14, 2026

इन्टलेक्च्युअल एकेडेमीको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न



बुटवल । बुटवल-११ कालिकानगरमा अवस्थित इन्टलेक्च्युअल एकेडेमीको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विभिन्न विज्ञान प्रदर्शनीसँगै शिक्षामूलक नाटक, दोहोरी गीत, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख प्रसासकीय अधिकृत मित्रमणी खनालले बुटवललाई समृद्ध बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । यस क्षेत्रको शैक्षिक बिकासमा निजी क्षेत्रले खेलेको भूमिकाप्रति प्रशंसा व्यक्त गर्दै खनालले व्यवहारिक, प्राविधिक र सीपमूलक शिक्षाको विकासमा जोड दिए । यसैगरी निजी विद्यालयहरुको छाता संस्था प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार लगायतले बोल्दै बुटवलको बिकासमा कुनै एक उत्कृष्ट विकल्प छ भने त्यो शैक्षिक क्षेत्रको बिकास भएको उल्लेख गरे ।

शैक्षिक क्षेत्रमा देखिएको पलायनलाई रोक्न व्यवहारिक, सीपमूलक तथा प्रविधिमैत्री शिक्षा नीतिक आवश्यक रहेकोमा उनीहरुले जोड दिए । वार्षिकोत्सवको अवसरमा इन्टलेक्च्युअलबाट विद्यालयतहको अध्ययन पूरा गरी कक्षा १२ को परीक्षामा नेपाल प्रथम हुन सफल छात्रा एन्जिला पोख्रेललाई सम्मान गरिएको थियो । यसैगरी विद्यालयमा कक्षा नर्सरीदेखि ५ सम्म जुनीयर र सिनीयरतर्फ कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

जुनीयरतर्फ विद्यालय प्रथम इच्छा जिसी र हेलिस अधिकारी, द्वितीय बन्न सफल समिट सुनार र तृतीय भएका श्रेया खनाललाई विद्यालयका अध्यक्ष गोबिन्द मरासिनी तथा प्रवबन्ध निर्देशक रामराज खनालले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । यसैगरी सिनीयरतर्फ विद्यालय प्रथम हुन सफल कक्षा ६ की आशिका पोखरेल, द्वितीय हुन सफल कक्षा ७ का दिवस खनाल तथा तृतीय भएका कक्षा ६ मा अध्ययनरत सिम्रन बस्याललाई पनि पुरस्कार तथा सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ३ : ४३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ