२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

इन्टलेक्च्युअल एकेडेमीको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न



बुटवल । बुटवल-११ कालिकानगरमा अवस्थित इन्टलेक्च्युअल एकेडेमीको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विभिन्न विज्ञान प्रदर्शनीसँगै शिक्षामूलक नाटक, दोहोरी गीत, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख प्रसासकीय अधिकृत मित्रमणी खनालले बुटवललाई समृद्ध बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । यस क्षेत्रको शैक्षिक बिकासमा निजी क्षेत्रले खेलेको भूमिकाप्रति प्रशंसा व्यक्त गर्दै खनालले व्यवहारिक, प्राविधिक र सीपमूलक शिक्षाको विकासमा जोड दिए । यसैगरी निजी विद्यालयहरुको छाता संस्था प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार लगायतले बोल्दै बुटवलको बिकासमा कुनै एक उत्कृष्ट विकल्प छ भने त्यो शैक्षिक क्षेत्रको बिकास भएको उल्लेख गरे ।

शैक्षिक क्षेत्रमा देखिएको पलायनलाई रोक्न व्यवहारिक, सीपमूलक तथा प्रविधिमैत्री शिक्षा नीतिक आवश्यक रहेकोमा उनीहरुले जोड दिए । वार्षिकोत्सवको अवसरमा इन्टलेक्च्युअलबाट विद्यालयतहको अध्ययन पूरा गरी कक्षा १२ को परीक्षामा नेपाल प्रथम हुन सफल छात्रा एन्जिला पोख्रेललाई सम्मान गरिएको थियो । यसैगरी विद्यालयमा कक्षा नर्सरीदेखि ५ सम्म जुनीयर र सिनीयरतर्फ कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

जुनीयरतर्फ विद्यालय प्रथम इच्छा जिसी र हेलिस अधिकारी, द्वितीय बन्न सफल समिट सुनार र तृतीय भएका श्रेया खनाललाई विद्यालयका अध्यक्ष गोबिन्द मरासिनी तथा प्रवबन्ध निर्देशक रामराज खनालले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । यसैगरी सिनीयरतर्फ विद्यालय प्रथम हुन सफल कक्षा ६ की आशिका पोखरेल, द्वितीय हुन सफल कक्षा ७ का दिवस खनाल तथा तृतीय भएका कक्षा ६ मा अध्ययनरत सिम्रन बस्याललाई पनि पुरस्कार तथा सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ३ : ४३ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा