२४ भदौ २०८३, बुधबार | September 9, 2026

२४ केजी ५६० ग्राम लागूऔषध चरेससहित ५ जना नियन्त्रणमा



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले २४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले तीनजना महिला र दुई जना पुरुषलाई २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको हो ।

रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई चेकजाँच गरेको थियो ।

खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्षीय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

निजहरूको कम्मरमा कपडाको पेटि बनाई बाधी लुकाई छिपाई राखिएको अबस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो ।

धादिङकि सेती तामाङ पेशेवर भरिया हुन । उनी येस अघि धादिङ र कृष्णनगर बाट लागु औषध चरेससहित पक्राउ परेर मुद्दा खेपिसकेकी पात्र हुन । उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो ।

भुमेकी भावना दाङको लमही बसोबास गर्छिन भने बाकी ४ जना भारतमा मजदुरी गर्ने बुझिएको छ।

नियन्त्रणमा लिइएका पाँचै जनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ४१ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४