४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

भारत लैजाँदै गरिएकी १८ वर्षीया युवतीको सशस्त्र प्रहरीद्वारा उद्धार, तीन जना पक्राउ



नेपालगन्ज । सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रणसँगै मानवबेचबिखन जस्ता गतिबिधि रोक्न समेत आफ्नो सक्रियता देखाएको छ । मानवबेचबिखनका लागि निकै संवेदनशिल मानिएको बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका निकायले मानवबेचबिखन नियन्त्रणमा पनि आफ्नो सक्रियता देखाएको हो ।

बिहीवार मात्रै एउटा समूहले ललाईफकाई गरी भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले बाग्लुङ्गकी १८ वर्षीया युवतीलाई उद्धार गरेको छ । डुडुवागाउँपालिका-१ खडैचास्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ओमप्रकास ढकालको नेतृत्वमा गएको मोवाइल चेकपोष्ट र पिआरसीको संयुक्त टोलीले ती युवतीलाई उद्धार गर्नुका साथै भारत लैजाने कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाका टुकबहादुर खत्री, भारत श्रावस्ती बस्ने चन्द्रा ओली र सोही ठाउँ बस्ने राम सुरेश रहेका छन् । उनीहरुले मोटरसाईकलमा हालेर ती युवतीलाई भारत लैजान लागेको अवस्थामा उद्धार गरिएको हो ।

उद्दार गरिएकी युवतीलाई सेल्टरमा राख्नुका साथै भारत लैजाने कार्यमा संलग्नहरुलाई थप कानुनी कारवाही गर्न प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३० गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिए ।

मानवबेचबिखन जस्ता अपराधिक गतिबिधि रोक्नका लागि सशस्त्र प्रहरी चनाखो रहेको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताए । ‘यस्ता गतिबिधि कुनै पनि हालतमा हुन नदिन सशस्त्र प्रहरी चनाखो छ ।’ डाँगीले भने ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  २ : ३९ बजे

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी