६ भदौ २०८३, शनिबार | August 22, 2026

महिलाको राजनीतिक अधिकार स्थापित भएको छ : सभामुख



काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन ।

उनले महिला दिवसका अवसरमा आज यहाँ जारी गरेको शुभकामना सन्देशमा स्वदेश एवं विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन । “विश्वमा सदियौँदेखि चलिरहेको महिला अधिकार आन्दोलन फरकफरक स्वरूपमा आज पनि जारी छ, नेपालमा पनि विभिन्न आन्दोलनले महिलाको राजनीतिक अधिकारलाई विश्वमै उदाहरणीय हुने गरी स्थापित गरेको छ”, शुभकमना सन्देशमा भनिएको छ, “राजनीतिक अधिकारको अर्थ समानता, स्वतन्त्रता, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा पनि हो, राजनीतिकरूपमा महिलाको अधिकार सुनिश्चित भए पनि सशक्तीकरणको लक्ष्य प्राप्त गर्न सबै पक्ष र क्षेत्रमा सकारात्मक सोच, दृढ इच्छाशक्ति र प्रतिबद्धता हुन जरुरी छ ।”

‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ यो दिवस नेपालमा आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक मार्च ८ को दिनमा नारीहरूको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ ।

अन्तर्राष्ट्रिय महिला दिवसलाई महिला जागरुकतासम्बन्धी दिवसको रुपमा पनि लिने गरिएको छ । राजनीतिक तवरबाट सुरू भएको भए तापनि हाल यस दिवसमा महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता आदि सवालमा बहस हुने गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : ४२ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक