१५ माघ २०८२, बिहिबार | January 30, 2026

नेपालगन्जलाई धार्मिक पर्यटनको ‘हव’ बनाउन सकिने



नेपालगन्ज । होटल व्यवसायी महासंघ बाँके नेपालगन्जको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संघीयता पछि होटल व्यवसायलाई परेको असरलाई पर्यटक भित्र्याएर कम गर्न सकिने बताए ।

नगर प्रमुख विष्टले नेपालगन्जलाई धार्मिक पर्यटनको हव बनाउन सकिने बताए । उनले धार्मिक पर्यटनको प्रवद्र्धन गर्न अयोध्या र जनकपुरसँग जोड्ने प्रयास भैरहेको बताउँदै नेपालगन्जमै निर्माण भैरहेको १ सय ८ फिट अग्लो हनुमानको मूर्ति धार्मिक पर्यटक भित्र्याउने एउटा आकर्षण बन्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै होटल व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले नेपालको अर्थतन्त्र बलियो बनाउन सबैभन्दा उर्वर क्षेत्र पर्यटन भएको बताए । उनले नेपालगन्जमा पर्यटकलाई स्वागत स्तरीय होटल संचालनमा रहेको उल्लेख गर्दै त्यसका लागि पर्यटक भित्रिने वातावरण भने सरकारले बताउनु पर्ने उल्लेख गरे ।

‘हामी सँग भएको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेर सबैका लागि बलियो आर्थिक स्रोत बनाउन सकिन्छ ।’ उनले भने ।

होटल व्यवसायी संघका केन्द्रीय सदस्य भीमलाल कँडेलले होटल व्यवसायीका लागि क्षमता अभिवृद्धिका लागि स्थानीय तहबाट तालिम सञ्चालन गरिदिन आग्रह गरे ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा संघ आवद्ध अग्रज व्यवसायी, टोल समिति, कार्यसमितिका पदाधिकारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ५५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला