२ पुस २०८२, बुधबार | December 17, 2025

रूपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स दुई रनले विजयी



भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा प्रोफेसनल मास्टर्स-११ विजयी भएको छ । उसले स्टार क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेसनलले निर्धारित ५० ओभरमा ३७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५७ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि मोहम्मद हुसेनले सर्वाधिक ७७ रन जोड्दा अमनकुमार यादवले २१, आदित्य त्रिपाठीले १६ र इमरान खाँनले १३ रन बनाए । बलिङमा स्टारका सुभम पाण्डेयले ४ तथा सुभम खनाल र पुरुषोत्तम भट्टराईले समान ३-३ विकेट लिए ।

मध्यमस्तरको लक्ष्य पछ्याउँदै ब्याटिङमा आएको स्टार क्रिकेट क्लब ४६ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५५ रनमा अलआउट भयो । अन्तिम विकेट सम्हालेर खेल्ने नसक्दा जितको नजिक पुगेको स्टार २ रनले पराजित हुन पुग्यो । उसका लागि रिश्चल भुसालले अर्धशतकीय पारी खेल्दै अविजित ७९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै, इरफान खाँनले ३१ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा प्रोफेसनलका मिथलेश यादव र अजय त्रिपाठीले ३-३, मोहम्मद हुसेनले २ तथा अमनकुमार यादव र तुसार चौहानले समान १-१ विकेट लिए । प्रोफेसनलका मोहम्मद हुसेन प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ०७ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व