३० बैशाख २०८१, आइतबार | May 12, 2024

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैँ, महाधिवेशन केन्द्रीत छलफल हुने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैँछ । पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले मुख्यतयाः महाधिवेसनको तयारीका बारेमा छलफल गर्ने बुझिएको छ ।

आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरिसकेको सन्दर्भमा महाधिवेसनको राजनीतिक दस्तावेजमा समावेश गरिने मुख्य अजेन्डा रहेको बुझिएको छ ।

उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको २७ सदस्यीय दस्तावेज लेखन समितिले सचिवालयमा सो दस्तावेज प्रस्तुत गर्नेछ ।

साथै, सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल पनि गर्ने जनाइएको छ ।

नेकपा एकीकृत समाजवादीले आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ०१ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट