१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रुपन्देहीमा होलीका क्रममा ४ दुर्घटना, एकजनाको मृत्यु, ३१७ सवारी साधन प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङघन गरी चलाईएको आरोपमा नियन्त्रणमा लिएको छ । होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा ३ जना घाइते भएका छन् । अमर्यादीत होली खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ का ३९ वर्षिय प्रबिण कंडेल रहेका छन् । उनी सवार मोटरसाइकल सिद्धार्थनगरकै गोलीगणको भित्री सडकमा अनियन्त्रित भएर दुर्घटना भएको तथा कंडेललाई उपचारका लासग अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।

रुपन्देही प्रहरीका अनुसार होली पर्वलाई आम सर्वसाधारणले सभ्य भव्य सुरक्षित मर्यादित र शान्तिपुर्ण वातावरणमा मनाउन सक्ने वातावरण निर्माण गर्ने उद्धेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले १२८ स्थानमा चेक पोईन्ट राखी चेक जाँच गरेको थियो ।

ती चेक पोइन्टहरुबाट प्रहरीले सवारी नियम उल्लँघन गर्ने ३११ मोटरसाइकल, ३ वटा टेम्पो, २ वटा जीपकार र एउटा ट्रकलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : ४९ बजे

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो टी-२० आज

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।