३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो



झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रु १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा रु १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।

पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०/०८१ को आठ महिनामा रु चार अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ । आव २०७९/०८० को सोही अवधिमा रु पाँच अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो । गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजेलको आयात घटेको छ ।पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : ५८ बजे

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी