१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

सिरहामा हतियार देखाएर दिनदाहाडै लुटियो १५ लाख



सिरहा । सिरहामा दिउँसै हतियार  देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो ।

भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स ९ प ६३१० नम्वरको मोटरसाइकलमा रकमसहित आईरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोवल आईएमई बैंको र ३ वटा राष्ट्रिय बाणिज्य बैंकको खालि चेक र मोवाईल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले दिएका बयान अनुसार टुलेरामध्येय मोटरईकल चलाउनेले क्रिम कलरको र पछाडी बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भईरहको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १२ : ४० बजे

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

काठमाडौं । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ

गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

गुल्मी । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका