५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान, नेपालगन्जका फार्मेसी तथा औषधि पसल अनुगमन कडा पारिँदै



नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुर्ब्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान सुरु गरेको छ ।

लागुऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले सुरु भएको अभियान ४५ दिनसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

अभियानका लागि नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, बाँकेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा जिल्ला प्रहरी, कार्यालय, बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्की र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

लागुऔषध दुर्ब्यसन पीडितलाई समाजमा पुनःस्थापना गर्ने, लागुऔषधविरुद्ध सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्ने समुदाय प्रहरी साझेदारीलाई प्रवद्र्धन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभियानको लक्ष्य राखिएको प्रनाउ डाँगीले बताए ।

सम्झौतापत्रअनुसार नेपालगन्जका फार्मेसी तथा औषधि पसलको अनुगमन गरी कारबाही गर्ने, दुर्ब्यसनी जोखिम स्थान र व्यक्तिको पहिचान र अभिलेख राख्ने, लागुपदार्थ जाँच ‘कीट’को व्यवस्थापन गरी प्रभावकारी निरीक्षणको व्यवस्था मिलाउने, सीमानाका तथा शङ्कास्पद स्थानमा निगरानी गर्नेलगायत कार्यक्रम सञ्चालन गरिने छ ।

केही सयमअघि लागुऔषध कारोबारी पक्राउ गर्न स्थानीय प्रहरी गोली प्रहार गर्न बाध्य भएको थियो भने सीमा क्षेत्रबाट दिनहुँजसो लागुऔषधसहित मानिस पक्राउ पर्दै आएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ९ : ५८ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११