३ असार २०८१, सोमबार | June 17, 2024

भारतको राजकोटस्थित गेम जोनमा भिषण आगलागी, १२ बालबालिकासहित २७ जनाको मृत्यु



काठमाडौँ । भारतको राजकोटस्थित टीआरपी गेम जोनमा शनिबार भएको भीषण आगलागीमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका पनि रहेको प्रहरीले बताएको छ ।

सहरको मावरोडस्थित टीआरपी गेम जोनमा शनिबार आगो लागेको थियो । आगो यति भीषण थियो कि पाँच किलोमिटर टाढाबाट धुवाँको मुस्लो देखिएको थियो । गेम जोनबाट बाहिर निस्कने बाटो थिएन र धेरै मानिस भित्र फसेको भारतीय मिडियाहरुले बताएका छन् ।

मलको गेम जोनमा वेल्डिङको काम भइरहेकाले स्थानीयले सर्ट सर्किट भएको जानकारी दिएको पनि बताइएको छ । यद्यपी आगलागीको कारण भने आधिकारिक रुपमा खुल्न सकेको छैन ।

प्रहरीले शनिबार अपराह्न ४स् ३० बजे प्रहरीको नियन्त्रण कक्षमा आगलागीको पहिलो क्ल आएको र तत्काल दमकल घटनास्थल पुगेर आगो निभाएको बताएको छ ।

गुजरात सरकारले घटनाको छानबिन गर्न एसआईटी गठनको घोषणा गरेको छ । पाँच सदस्यीय एसआईटीको अध्यक्षको जिम्मेवारी सिआइडी क्राइमका प्रहरी महानिर्देशक सुभाष त्रिवेदीलाई दिइएको छ । एसआईटीका अन्य चार सदस्यमा बञ्चनिधि पानी, एच।पी। संघवी, जे।एन। खाडिया र एमबि देसाई रहेका छन् ।

एसआईटीले ७२ घण्टाभित्र आफ्नो प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउनेछ। साथै १० दिनभित्र विस्तृत प्रतिवेदन सरकारलाई बुझाउने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत राजकोटमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग कुरा गरेको बताए ।

राज्य सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ११ : २६ बजे

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले

राष्ट्रपति पौडेललाई जर्मनीमा गार्ड अफ अनर

जर्मनी । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैनः महासचिव पोखरेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने

काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा

६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक