५ चैत्र २०८२, बिहिबार | March 19, 2026

जेष्ठ नागरिक मन्च बुटवलको तेस्रो साधारणसभा सम्पन्न



बुटवल । जेष्ठ नागरिक मन्च बुटवलको तेस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । साधारणसभाको बुटवल उपमहानगरपालिका ४ का वडा अध्यक्ष नरेश्वर शर्माले उदघाटन गरे ।

उदघाटन सभारोहमा बोल्दै वडा अध्यक्ष शर्माले जीवनमा आमा बुवा भन्दा ठुलो अरु कोही नभएको बताए । उनले बुढा आमाबुवाको सेवा गर्नु नै ठुलो सम्पत्ति आर्जन भएको बताउँदै बुढाबुढि आमाबुवाको राम्रो रेखदेख गर्नु छोराछोरीको कर्तब्य भएको बताए ।

जेष्ठ नागरिकलाई जुनसुकै समस्याहरुको समाधान गर्न आफु तत्पर रहेको जानकारी दिँदै उपमहानगरले बुटवलका विभिन्न ठाउँमा भजन कीर्तन सहीत दिवा सेवा दिने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै विश्वहिन्दु महासंघका अध्यक्ष महेश्वर पसाद श्रेष्ठले समाजमा बिदे्श जाने प्रबृत्ति बढेकाले जेष्ठ नागरिक प्रति सरकार नै उत्तरदायि बन्नु पर्ने अवस्था आएको बताए ।

कार्यक्रममा सहभागी जेष्ठ नागरिक प्रमिला ‌पुनले वडाले जेष्ठ नागरिकको लागी गरेको कामले आफुलाई खुसी मिलेको बताइन् ।

कार्यक्रममा बुटवल ४ का वडा सदस्य अरुणकुमार श्रेष्ठ, स्थानीय पुनम थापा , गोमा नेपाली, गाफुर मिया लगायतले साधारणसभाको सफलताको शुभकानमा दिएका थिए ।

अधिबेशनले अध्यक्षमा रबिन्द्र नाथ पगेंनी, उपाध्यक्षमा बेडी माधब तिवारी, सचिवमा सालिकराम भट्टराई, सह सचिबमा बिष्णु खनाल तथा सदस्यहरुमा केशबराज ज्ञवाली, ढुन्डी राज अर्याल, पुर्ण थापा बसिर मिंया, लाल बहादुर श्रेष्ठ, जिम्मा कुमारी श्रेष्ठ र रुक बहादुर खत्रीलाई निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : १७ बजे

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति

वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु

काठमाडौँ । ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम