२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल र नेदरल्यान्डको खेल अघि डिशहोम फाइबर नेटको अफर, २४ महिने रिचार्जमा अर्को १२ महिना निःशुल्क



काठमाडौ। जारी आईसीसी पुरुष टी – २० बिश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ०९:१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दैछ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबर नेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ।

डिशहोमले आज दिउसो ०३:१५ बजे ‘लेख्ने छौ नयाँ ईतिहास’ शीर्षकमा २४ महिना को रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो ।यो अफर आज राती ११:५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेट लेजनाएको छ ।

यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४-महिनाको लागि रिचार्ज गरेको हुनु पर्नेछ ।

रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलरदाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी गज्जबको अफरको फाईदा उठाउन सक्नेछन् । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

थप जानकारीको लागि डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ८ : २२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति