८ चैत्र २०८२, आइतबार | March 22, 2026

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल, धम्बोझी क्लबको सहज जित



कोहलपुर । बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा धम्बोझी क्लबले जित हासिल गरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगिसकेको धम्बोझी क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको छ ।

आईतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा धम्बोझीका लागि प्रेम बहादुर सुनारले २ गोल र क्षितिज थापा मगरले १ गोल गरे । खेलमा प्लेयर अफ द म्याच घोषित भएका प्रेमले २४औं र ४१औं मिनेटमा गोल गरेका थिए । क्षितिजले २०औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच प्रेमलाई जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेन्सले पुरस्कृत गरे । बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ ।

लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा मिलन युवा स्पोर्टस क्लब र कारकादो युवा स्पोर्टस क्लबबीच हुनेछ । अर्को खेलमा नवदुर्गा युवा क्लब र कोहलपुर रेसिङ सहारा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : ५७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय