३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले ल्याए जीपीए ४



बुटवल । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलका प्रवेश खनालले जीपीए ४ ल्याएका छन् ।

न्यू होराइजनबाट ३३९ जनाले एसईई दिएकोमा यो खबर तयार पार्दासम्म प्रवेश खनालको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए ।

देशभर १८६ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा दोब्बर राम्रो सुधार आई ९८ प्रतिशत ग्रेडसहित विद्यार्थी उत्तिण भएको प्राचार्य उपाध्यायले बताए ।

पाल्पाको रैनादेवी छहरा गाउंपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि इङलिस् बोर्डिङ स्कूलमा पढदै आएका छन । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् ।

न्यू होराइजन इङलिस् बोर्डिङ स्कूल २०४६ सालमा स्थापित भई शिक्षा क्षेत्रमा राष्ट्रमै विशिष्ट पहिचान बनाउन सफल भएको अग्रणी शैक्षिक संस्था हो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ३ : २८ बजे

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा