६ श्रावण २०८३, बुधबार | July 22, 2026

धम्बोझी क्लब ‘ए’ डिभिजन जिल्ला लिग च्याम्पियन



कोहलपुर । धम्बोझी क्लब नेपालगन्जले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ को उपाधि जितेको छ ।
बिहिबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको फाइनल खेलमा धम्बोझीले कोहलपुर रेसिङ सहारा क्लबलाई २–० ले हराउँदैं च्याम्पियन बनेको हो । जितसँगै धम्बोझी लुम्बिनी प्रदेश स्तरीय लिग फुटबलमा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ ।

धम्बोझीको जितमा क्षितिज थापा मगर र मनिष सुनारले १–१ गोल गरे । क्षितिजले खेलको १२ औं मिनेट र मनिषले ६५औं मिनेटमा गोल गरेका थिए । फाइनलमा खेलमा प्लेयर अफ द म्याच धम्बोझीका क्षितिज थापामगर भए । उनलाई महिला उद्यमी संघ नेपाल बाँके सचिव नितु चन्दले ट्रफी प्रदान गरिन् ।

च्याम्पियन बनेको धम्बोझीले १ लाख र उपविजेता कोहलपुर रेसिङ सहारा क्लबका खेलाडीहरुले ५१ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेको छन् । बिहिबार विजेता तथा उप विजेता खेलाडीहरुलाई प्रमुख अथिती कोहलपुर नगरपालिका नगर प्रमुख पुर्णप्रसाद आचार्य, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम एन्फा सदस्य भोजराज शाही, राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, एन्फा पुर्व उपाध्यक्ष गोर्वधन सिंह सम्झना, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसी, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतम लगायतले पुरस्कृत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा धम्बोझीका क्षितिज थापामगर सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । यसैगरी प्रतियोगितामा कोहलपुर रेसिङका सालान परियार उत्कृष्ट गोलकिपर, धम्बोझीका विष्णु कसेरा उत्कृष्ट रक्षक, कोहलपुर रेसिङका विशाल थापामगर उत्कृष्ट मिडफिल्डर, धम्बोझीका प्रेम कुमार सुनार सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकको रुपमा धम्बोझीका दिपेन्द्र घले पुरस्कृत भए ।

असार १ गते देखि सुरु भएको प्रतियोगितामा यसपटक बाँके जिल्लामा आवद्ध भएका ९ वटा क्लबले भाग लिएका थिए ।
प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका थिए । समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका थिए ।

चक्र चिमाला क्षेत्री सम्मानित
बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ को समापनको अवसरमा कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्री सम्मानित भएका छन् । पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण योगदान गरेको भन्दैं आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले क्षेत्रीलाई सम्मान पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिताका संस्थापक क्षेत्रीले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कोहलपुरमा आयोजना गर्नमा महत्वपुर्ण योगदान गरेका थिए ।

 

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  १० : ३३ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना