२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन ।

आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले बाढीपहिरो पीडितका लागि तत्काल राहत, उद्धार, क्षतिपूर्ति, र पुनःस्थापनाका लागि सरकारसमक्ष आग्रह आग्रह गरे ।

शिक्षा क्षेत्रमा सुधार गर्न गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक राम्रो व्यवस्था गर्नुपर्नेमा सांसद चौधरीले जोड दिए । उनले एसइईको नतिजामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु भनेको शिक्षामा सन्तोजनक अवस्था नभएको जनाउँदै परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ज्ञानबहादुर शाहीले केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग आठ स्थानमा क्षतिग्रस्त भई सडक अवरुद्ध भएकोप्रति सरकारको ध्यानकर्षण गराए । उनले तत्काल सरकारले राजमार्गको पुनःनिर्माण गरी नागरिकलाई सहजरुपमा आवतजावत गर्ने वातावरण मिलाउन आग्रह गरे ।

सांसद शाहीले नेपालको अर्थव्यवस्था निकै सङ्कटको अवस्थामा पुगेको स्मरण गराउँदै अर्थतन्त्र सुधार गर्न स्वदेशमा नै रोगगारीका अवसर सिर्जना गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । उनले २०३९/४० सालमा विकास खर्च ७१ प्रतिशत थियो तर अहिले घट्दै घट्दै मुलुको अर्थव्यवस्था नै धरासयी बन्दै गएको बताए ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १ : ३० बजे

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा