९ पुस २०८२, बुधबार | December 24, 2025

प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन ।

आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले बाढीपहिरो पीडितका लागि तत्काल राहत, उद्धार, क्षतिपूर्ति, र पुनःस्थापनाका लागि सरकारसमक्ष आग्रह आग्रह गरे ।

शिक्षा क्षेत्रमा सुधार गर्न गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक राम्रो व्यवस्था गर्नुपर्नेमा सांसद चौधरीले जोड दिए । उनले एसइईको नतिजामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु भनेको शिक्षामा सन्तोजनक अवस्था नभएको जनाउँदै परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ज्ञानबहादुर शाहीले केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग आठ स्थानमा क्षतिग्रस्त भई सडक अवरुद्ध भएकोप्रति सरकारको ध्यानकर्षण गराए । उनले तत्काल सरकारले राजमार्गको पुनःनिर्माण गरी नागरिकलाई सहजरुपमा आवतजावत गर्ने वातावरण मिलाउन आग्रह गरे ।

सांसद शाहीले नेपालको अर्थव्यवस्था निकै सङ्कटको अवस्थामा पुगेको स्मरण गराउँदै अर्थतन्त्र सुधार गर्न स्वदेशमा नै रोगगारीका अवसर सिर्जना गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । उनले २०३९/४० सालमा विकास खर्च ७१ प्रतिशत थियो तर अहिले घट्दै घट्दै मुलुको अर्थव्यवस्था नै धरासयी बन्दै गएको बताए ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १ : ३० बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका