२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

केपी ओलीको निवासमा कार्यरत सशस्त्रका इन्स्पेक्टरको मृत्यु



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।

४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार बिहान साढे ५ बजे सूर्यविनायक-९ गुन्डुमा अचेत अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा बिहान ६ः५० मा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनास्थलमा प्रहरी वृत्त जगातीको टोली खटिएर अनुसन्धान थालेको कार्कीले बताए। मृतक थापाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

‘शरीरमा कुनै चोटपटक देखिएको छैन, मृतकको घर गुन्डु नै भएको बुझिएको छ,’ कार्कीले भने।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : १५ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा