११ पुस २०८२, शुक्रबार | December 26, 2025

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’



बागलुङ । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् ।

जैमिनी नगरपालिका-४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखिन । उनले भनिन, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला-पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न ।”

काठेखोला गाउँपालिका-५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, “पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको छ” उनले भने । “पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो । आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ । बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ ।”

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन् । जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । योजनाले भने सार्थकता पाउन सकेको छैन ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : १४ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको