२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

मध्यपहाडी लोकमार्ग अवरुद्ध



बागलुङ । भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका-६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

त्यस्तै बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।

यसैबीच बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ-१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले कोरिडोर पुरिएको हो । कोरिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ । फोहोरको डङ्गुरले भरिएपछि थेग्न नसक्दा पखाल भत्किएको हो । पर्खाल भत्किँदा फोहोरको थुप्रो काठेखोलामा पुगेको छ । सडकमा भएको फोहोरलाई डोजरले हटाएको थियो ।

जिल्लाको दक्षिण क्षेत्रको मुख्य नाकासँग चीन र भारत जोड्ने सडकका रुपमा रहेको कोरिडोर फोहोरको दुर्गन्धले गर्दा यात्रु नाक छोपेर हिँड्न बाध्य छन् । बागलुङ बजारको फोहोरलाई अन्तै व्यवस्थापन गर्नुपर्ने आवाज उठ्दै आए पनि सुनुवाइ भएको छैन् । सडक दुर्गन्धित हुँदा यात्रु बिरामीसमेत पर्ने गाडी चालक वीरबहादुर पुनले बताए । दैनिक यो सडक भएर हजारौँ यात्रु ओहोरदोहोर गर्ने भन्दै नगरपालिकाले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उनको भनाइ छ ।

उनले भने, “पर्खाल हुँदा फोहोरको दुर्गन्ध कम आउँथ्यो, यात्रुले नाक मुख छोडेर हिँड्न सक्ने स्थिति थियो, अहिले त डम्पिङ गरेको सबै फोहोर सडकमा आएपछि यात्रा गर्ने सकिँदैन, दिनदिनै हजारौँ मान्छे हिँड्ने ठाउँमा यस्तो फोहोरको डङ्गुर छ, सरकारले यसको व्यवस्थापन सही रुपमा गर्नुपर्छ, कोरिडोर राम्रो बन्यो भने त यहाँ धेरै भारतीय र चिनियाँ पर्यटक हिँड्छन्, यसले त राम्रो सन्देश दिँदैन ।”

जैमिनी नगरपालिका-२ का प्रेमनाथ सापकोटाले कामले दैनिक बागलुङ बजार आउनुपर्ने यही सडक भएर यात्रा गर्दा बिरामी पर्ने गरेको बताए । बागलुङ नगरपालिका-१०, १२, १३, १४ वडासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका हजारौँ नागरिक दैनिक कोरिडोर हुँदै यात्रा गर्ने भन्दै अहिले पहिरोको नजिकै पुग्दा धेरैले वान्ता गर्ने गरेको सुनाए ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले वर्षाको डम्पिङसाडको पर्खाल केही दिनमै मर्मत गर्ने बताए । पर्खालसँग कोरिडोर जोडिएको र छेउबाट काठेखोलाले बगाइरहेको हुँदा सडकको मापदण्ड छोडेर वर्षा रोकिएपछि पर्खा लगाउने काम सुरु हुने उनको भनाइ छ । यो ठाउँमा फोहोर व्यवस्थापन गर्न उचित नभएको धेरै तिरबाट सुझा आएको भन्दै व्यवस्थित स्थानमा डम्पिङसाइट निर्माण गर्ने योजना रहेको उपप्रमुख खड्काले बताए ।

“पर्खाल भत्किएपछि फोहोर सडकमा पुगेको छ, त्यसलाई हटाएर अहिले यातायात सञ्चालन गरेका छौँ, पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि बागलुङ, बेनी र कुश्मा नगरपालिका मिलेर एउटै ल्याण्डफिलसाइट निर्माण गर्ने गरी छलफल पनि भएको छ”, उनले भने, “तत्कालका लागि कालठेखोला बगाउँदा सडक साँघुरो भएको छ, त्यसको मापदण्ड छोडेर पर्खाल लगाउँछौँ ।”

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ८ : ०१ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक