२१ बैशाख २०८३, सोमबार | May 4, 2026

नेपालगन्जमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु



नेपालगन्ज । नेपालगन्जमा भएको झडपका क्रममा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । गयराती १० बजेको समयमा नेपालगन्ज ११ टाङ्गा स्टेण्ड नजिकै भएको झडपका क्रममा खुकुरी प्रहारबाट घाईते भएका एकजनाको मृत्यु भएको हो ।

स्थानीयको जमघट भएको स्थानमा एक स्कुटर र एक मोटरसाईकलमा आएका २ जनाले बिभिन्न बिबाद निकाल्दै झगडा गरेको र सोही क्रममा भएको झडपमा उनीहरुले खुकुरी निकालेर प्रहार गर्न खोज्दा स्थानीय अन्दाजी ३८ वर्षिय इसाद कबडीयाको मृत्यु भएको स्थानीयले जनाएको छ ।

खुकुरी प्रहार गर्ने दुबै जना फरार भएका छन् । २ वटा साधनमा आएका उनीहरुले ल्याएको से ७ प ४२५३ नम्बरको मोटरसाईकल प्रहरीले बरामद गरेको छ । झडपमा संलग्न एकजना घाइतेको मेडिकल कलेजमा उपचार भइरहेको छ भने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट घाइते फैजान अन्सारीको उपचार भइरहेको र शंकर नेपालीलाई प्रहरी नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । बरामद मोटरसाइकल पनि चोरीको भएको प्रहरीको प्रारम्भीक अनुसनधानबाट खुलेको छ ।

लागु औषध सेवन गर्ने र बेच्ने समुहकाबीच झडप भएको डीएसपी डाँगीले बताए । फरार दुबैजनाको खोजी तिब्र पारिएको उनले बताए । मृतक कवडीया झडपमा छुट्याउन जानेक्रममा उनीमाथि खुकुरी प्रहार भएको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ०२ बजे

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन