७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजपनि फेला परेन त्रिशुलीमा खसेको बस



काठमाडौं । चितवनको सिमलतालमा आएको पहिरोले बगाएका दुई बसको आजको खोजी कार्य स्थगित भएको छ । अब भोलि बिहान ८ बजेदेखि खोजि कार्य हुने प्रहरीले जनाएको छ ।

अहिलेसम्म खोजीका क्रममा थप दुई व्यक्तिको शव फेला परेको छ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन् । नदीले बगाएर ल्याएका अन्दाजी २५र३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

दुई बससहित शुक्रबार बिहानदेखि बेपत्ता बसको खोजी अहिले पनि जारी नै रहेको बस फेला पर्न सकेको छैन । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले त्रिशुली नदीमा खोजी कार्य आज दोस्रो दिन पानी जारी राखेका थिए । शनिबार बिहान ८ बजेदेखि पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहितका उपकरणले खोजी गरेपनि बस भेटिएको छैन । यस अघि दुर्घटना स्थल केन्द्रित भएर खोजी गरिएकोमा अब त्यो भन्दा तलका स्थानमा खोजी गर्न थालिएको प्रहरीले जनाएको छ ।

दुवै बससहित त्यसमा रहेका ५० भन्दा बढी यात्रुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज