१ पुस २०८२, मंगलबार | December 16, 2025

आजपनि फेला परेन त्रिशुलीमा खसेको बस



काठमाडौं । चितवनको सिमलतालमा आएको पहिरोले बगाएका दुई बसको आजको खोजी कार्य स्थगित भएको छ । अब भोलि बिहान ८ बजेदेखि खोजि कार्य हुने प्रहरीले जनाएको छ ।

अहिलेसम्म खोजीका क्रममा थप दुई व्यक्तिको शव फेला परेको छ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन् । नदीले बगाएर ल्याएका अन्दाजी २५र३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

दुई बससहित शुक्रबार बिहानदेखि बेपत्ता बसको खोजी अहिले पनि जारी नै रहेको बस फेला पर्न सकेको छैन । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले त्रिशुली नदीमा खोजी कार्य आज दोस्रो दिन पानी जारी राखेका थिए । शनिबार बिहान ८ बजेदेखि पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहितका उपकरणले खोजी गरेपनि बस भेटिएको छैन । यस अघि दुर्घटना स्थल केन्द्रित भएर खोजी गरिएकोमा अब त्यो भन्दा तलका स्थानमा खोजी गर्न थालिएको प्रहरीले जनाएको छ ।

दुवै बससहित त्यसमा रहेका ५० भन्दा बढी यात्रुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ०४ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका