७ आश्विन २०८३, बुधबार | September 23, 2026

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते



बर्दिया । बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

ठाकुरबाबा नगरपालिका-२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

घाइते थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : २१ बजे

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका