११ पुस २०८२, शुक्रबार | December 26, 2025

मलाई एमालेभित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई एमालेभित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता रहेको बताएका छन् ।

शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन । एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ । कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन् । मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चा कम्युनिष्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तनमनन गरिराख्नुपर्नेछ ।’

सो कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालम जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले पनि सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : ३० बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको