२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

लुम्बिनीमा होटल व्यवसायबाट ६० हजारलाई रोजगारी



बाँके । लुम्बिनी प्रदेशमा होटल व्यवसाय क्षेत्रले ६० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
प्रदेशका १२ जिल्लामा रहेका सानाठूलागरी करिब ११ हजार होटल व्यवसायीले प्रत्यक्ष रूपमा ६० हजारलाई रोजगारी प्रदान गर्दै आएको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष भास्कर काफ्लेले जानकारी दिए ।
काफ्लेले यस क्षेत्रमा यहाँ करिब दुई खर्ब लगानी भएको बताए । “लुम्बिनी प्रदेशमा होटल क्षेत्रमा रु दुई खर्ब बराबरको लगानी निजी क्षेत्रबाट भएको छ”, संस्थापक अध्यक्ष काफ्लेले भन्नुभयो, “कम्तीमा ६० हजारलाई रोजगारी प्रदान गरेका त छँदैछौँ होटल व्यवसाय क्षेत्रबाट राज्यलाई करिब ४० करोड वार्षिक करसमेत भुक्तानी हुँदै आएको छ ।”
पछिल्लो समय भने यहाँको पर्यटन व्यवसाय चलायमान नहुँदा होटल व्यवसायसमेत दबाबमा रहेको उनले धारणा राखे । साना, मझौलादेखि तारे होटलसम्मका व्यवसायी मर्कामा परेकाले यस क्षेत्रलाई बचाइराख्न राज्यकोतर्फबाट उचित पुनरुत्थान र राहतको दीर्घकालीन प्याकेज आवश्यक रहेको काफ्लेको भनाइ छ ।
होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले पर्यटन प्रवद्र्धन नै होटल व्यवसायको मुख्य आधार भएकाले होटल व्यवसायीलगायत सरोकार भएकाहरूले यसतर्फ ध्यान दिनुपर्ने बताए । होटल व्यवयासीले सम्बन्धित जिल्लाका संस्कार र संस्कृतिसहित पर्यटकीय सम्पदाको तस्बिर होटलका कोठा र हलमा राख्ने तथा सम्पदाको नामबाट नामकरण गर्ने अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। मुलुकमा ठूलोमात्रामा रोजगारीको सिर्जना र राज्यलाई कर तिर्दै आए पनि आफूहरूलाई सरकारले गर्ने व्यवहार भने सकारात्मक नभएको अध्यक्ष श्रेष्ठको गुनासो छ । “हामीले आफ्नोतर्फबाट लगानी, रोजगारी सिर्जना र राज्यलाई कर तिर्न इमान्दार प्रयत्न गरिरहेका छौँ । सरकारले होटल तथा पर्यटन व्यवसायमैत्री नीति ल्याउनसके होटल व्यवसाय फस्टाउँदै जाने र थप रोजगारीको सिर्जना हुने हाम्रो विश्वास छ । यसका लागि प्रदेश सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउँदै आएका छौँ”, उनले भने ।
राज्यले होटल व्यवसायलाई उद्योगका रूपमा दर्ता गरे पनि हालसम्म आफूहरूले सोअनुसार कुनै पनि सेवासुविधा नपाएको व्यवसायीले बताएका छन् ।
रासस

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ३८ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे