४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान



बुटवल । बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन् । बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन् ।

हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्विच अन गरेर उद्घाटन गरे ।

लाइटको उद्घाटन गर्दै पाण्डेयले बुटवललाई उज्यालो शहरका रुपमा विकसित गर्दै रात्रीकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्त रुप लिदै गरेको बताए । उनले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरुमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरु जडान गरेको बताए ।

उनले हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानहरुमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरेको बताए । प्रमुख पाण्डेयका अनुसार बुटवललाई उज्यालो शहर, हरियालीयुक्त शहर, सफा शहरका रुपमा स्थापित गर्नका लागि काम भइरहेको छ । मुख्य सडकका डिभाइडर र दायाँबायाँ बिरुवा रोप्ने, अन्य क्षेत्रहरुमा हरियाली बनाउने र सरसफाइ अभियान सञ्चालन भइरहेका उनले बताए ।

बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन् ।

त्यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान भएका छन् । यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान भएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।

उनका अनुसार टेण्डरमार्फत २ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपैयांमा नेपाल पावर सोलुसन प्रालि हेटौडासंग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भइ फागुन २ गते शिलान्यास भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको