१२ बैशाख २०८३, शनिबार | April 25, 2026

जसपा नेपालको केन्द्रीय समितिको बैठक भोलिदेखि



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक भोलि २७ गते आइतबारदेखि सुरु हुँदैछ । आगामी साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।

यस्तै, पहिचान र राष्ट्रियरजातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।

देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू) सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुने अध्यक्ष यादवले बताए ।

बैठकले अभियानसम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्लारमहानगररनगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिइने जनाइएको छ । केन्द्रीय समितिको बैठक ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा हुनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ८ : ३७ बजे

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा