७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै



काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आउँदैछन् । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन् ।

विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ ।

आजै साँझ होटेल मेरियटमा हुने रात्रिभोज कार्यक्रममा विदेश सचिव मिश्रले सबै राजनितिक दलका दोस्रो तहका नेताहरूसँग भेटघाट गर्नेछन् । उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : १९ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक