१० श्रावण २०८३, आइतबार | July 26, 2026

मध्यवर्ती क्षेत्रका किसानलाई अन्नबाली जोगाउन मुस्किल



बाँके । राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ । दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा पसेर अन्नबाली नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित छन् । वन्यजन्तु समस्याका कारण मध्यवर्ती क्षेत्रका किसानको जीउधन र खेतीबाली जोखिममा परेको राप्ती सोनारी गाउँपलिका–९ का वडाध्यक्ष सोहनलाल थारूले बताए ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा बँदेल र बाँदर आतङ्क बढेको छ । रोग, कीराको प्रकोपबाट जसोतसो बचेको बाली वन्यजन्तुले सखाप पार्ने गरेकाले समस्या समाधानका लागि प्रदेश र सङ्घीय सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने उनको भनाइ छ ।

निकुञ्ज क्षेत्रमा अवस्थित राप्तीसोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन् । वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिमपूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायत टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारूले बताए ।

राप्ती सोनारी गाउँपालिका–८ बालापुरका स्थानीयवासी महावीर खत्रीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे । उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे। निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको पक्षमा काम नभएको उनको गुनासो छ ।

राप्तीसोनारीको वडा नं १ मा लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अतिप्रभावित छन् । वन्यजन्तु समस्या प्रमुख समस्याका रूपमा रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताए ।

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बैजनाथ गाउँपालिका–१, कोहलपुर नगरपालिकाको वडा नं १२ र १३ का गाउँबस्ती रहेका छन् । मध्यवर्ती क्षेत्रका जनप्रतिनिधिले वन्यजन्तु समस्या समाधानका लागि प्रतिनिधिसभा, प्राकृतिक स्रोत साधन तथा कृषि समितिमा संयुक्त रूपमा माग गरे पनि सुनुवाइ हुन नसकेको राप्ती सोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगीले बताए।

सांसद सूर्य ढकालले निकुञ्जबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको जनाउँदै त्यसको दीर्घकालीन समाधानलाई आफूले प्राथमिकतामा राखेको बताए। उनले वन्यजन्तुबाट अतिप्रभावित निकुञ्ज वरिपरि वा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका घरपरिवालाई एक घर रु २५ लाखको जीवन बीमा व्यवस्था गर्ने र एक गोठ रु पाँच लाख पशु बीमाको व्यवस्था गर्ने नीति बनाउन आफूले पहल गरिरहेको जानकारी दिए ।

निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई गत आर्थिक वर्ष २०८०र८१ मा एक वर्षको अवधिमा क्षतिपूर्ति वितरण गरेको छ । त्यसमध्ये अन्नबाली क्षतिका दुई सय ७२ घटनामा रु १० लाख ६९ हजार तीन सय क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए । रासस

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : २५ बजे

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक