२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलको कान्ति माविमा विद्यार्थी क्लब गठन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको देशकै नमुना विद्यालय कान्ति माध्यमिक विद्यालयमा कान्ति विद्यार्थी क्लब गठन भएको छ । २०७४ सालमा स्थापित भइ सोही समयमा बुटवल उपमहानगरपालिकामा दर्ता भएको आधिकारिक क्लब हो ।

विद्यालयका हरेक गतिविधिमा सक्रिय सहभागी भइ रचनात्मक कार्य गरेको यस क्लबले विद्यालयभित्र पठनपाठन व्यवस्थित गर्ने, सह तथा अतिरिक्त क्रियाकलापमा अगुवा गर्ने र अनुशासन कायम गर्ने जस्ता गतिविधि गर्दै आएको छ ।

यस्ता गतिविधिले विद्यार्थीलाई नेतृत्वदायी क्षमता अभिवृद्धि गर्न सहयोग हुने र भोलि एउटा जिम्मेवार जनशक्ति उत्पादन हुने कुरालाई क्लबले जोड दिएको छ । उक्त क्लबको आठौँ अध्यक्षको रूपमा कक्षा १२ विज्ञान समूहमा अध्ययनरत स्नेहा भूसाल छनौट भएकी छन् भने १३ सदस्य मूल समिति, प्रत्येक कक्षाबाट १ जनाको दरले ४२ समिति सदस्य र कक्षा ११ र १२ मा अध्ययनरत सम्पूर्ण सदस्य क्लबका साधारण सदस्य रहनेछन् ।

कार्यक्रममा बोल्दै कक्षा ११ र १२ विज्ञान समूहका इन्चार्ज मोहन भट्टराई र कक्षा ११ व्यवस्थापन, मानविकी र शिक्षा समूहका इन्चार्ज भानुभक्त भुसालले रचनात्मक कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

क्लबका संरक्षक प्रधानाध्यापक गोविन्द ज्ञवालीले क्लबलाई विद्यालयमा मात्र सीमित नगरी अन्य विद्यालयमा समेत विद्यार्थी क्लब गठन गरी सामाजिक कार्यमा सहभागी हुनुपर्ने र रचानात्मक नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरेका थिए भने कार्यक्रमको कोओडिनेसन क्लबका शिक्षक नायक राजन पौडेल क्षितिजले गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : २९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले