४ पुस २०८२, शुक्रबार | December 19, 2025

रौतहटमा करिब १६ किलो गाँजा बरामद



रौतहट । सशस्त्र प्रहरीको टोलीले गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बालचनपुर स्थित एक घरबाट झन्डै १६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

सुराकीको आधारमा सशस्त्र प्रहरी बल नम्वर ११ गणबाट डिएसपी भरत विसीको कमाण्ड र इलाका प्रहरी कार्यालय चन्द्रपुको  संयुक्त टोलीले बुधवार साँझ बालचनपुर स्थित गौतम साहको घरमा भाडा लिएर बसेका गौर नगरपालिका ६ सबगढाका कविलासी साहको कोठामा छापा मारेर ३ पोका १५ किलो ९६० ग्राम लागुऔषध गाँजा बरामद गरिएको हो ।

कविलासी साह रोजगारीको शिलशिलामा भारतको पञ्जावमा रहेको उनको श्रीमती ललिता साह बस्दै आएको कोठाबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख  एसपी विक्रम हुमागाईले बताएका छन् ।

प्रहरी टोलीलाई हेरेर आरोपी ललिता साह फरार भएको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएसपि राजकुमार राईले बताएका छन् । बरामद  गाँजा इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ३ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको