२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

रौतहटमा करिब १६ किलो गाँजा बरामद



रौतहट । सशस्त्र प्रहरीको टोलीले गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बालचनपुर स्थित एक घरबाट झन्डै १६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

सुराकीको आधारमा सशस्त्र प्रहरी बल नम्वर ११ गणबाट डिएसपी भरत विसीको कमाण्ड र इलाका प्रहरी कार्यालय चन्द्रपुको  संयुक्त टोलीले बुधवार साँझ बालचनपुर स्थित गौतम साहको घरमा भाडा लिएर बसेका गौर नगरपालिका ६ सबगढाका कविलासी साहको कोठामा छापा मारेर ३ पोका १५ किलो ९६० ग्राम लागुऔषध गाँजा बरामद गरिएको हो ।

कविलासी साह रोजगारीको शिलशिलामा भारतको पञ्जावमा रहेको उनको श्रीमती ललिता साह बस्दै आएको कोठाबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख  एसपी विक्रम हुमागाईले बताएका छन् ।

प्रहरी टोलीलाई हेरेर आरोपी ललिता साह फरार भएको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएसपि राजकुमार राईले बताएका छन् । बरामद  गाँजा इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ३ : ०८ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा