१५ पुस २०८२, मंगलबार | December 30, 2025

तनहुँ बस दुर्घटना : मृत्यु हुनेको संख्या २७ पुग्यो



काठमाडौँ ।  मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रहरीका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

उद्धार गरिएका २२ जनामध्ये १६ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ  ।

पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरा नजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए । सो बसमा चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले बताए । घटना भएपछि भारतीय दूतावासका प्रतिनिधि समेत तनहुँ पुगेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ७ : ०५ बजे

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज । नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा

राष्ट्रिय च्याउ दिवस : नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य