१५ पुस २०८२, मंगलबार | December 30, 2025

पत्रकार महासंघको वेवसाईटमा ‘गाईजात्रा’, २ थरी सदस्यता, २०८१ असार २२ मा निर्वाचन



नेपालगन्ज । अन्य कुनै संघ संस्थाहरुले आफ्नो वेवसाईट अपडेट नगर्दा ब्यानर समाचार लेख्ने पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको वेवसाईट भने महिनौं देखि कन्तबिजोग अवस्थामा रहेको छ । पछिल्लो समय सूचनाको मुख्य माध्यम बनेको वेवसाईट अध्यावधिक नगर्दा महासंघ नेतृत्वको कार्य क्षमतामा गम्भीर प्रश्न उठाउन सकिने देखिएको छ ।

समयावधि सकिएरपनि पद ओगटेर बसिरहेको महासंघ नेतृत्वले महासंघको वेवसाईट अपडेट नगर्दा  वेवसाईटले दुनियाभरका पाठकलाई भ्रम छर्ने काम समेत गरेको छ । वेवसाईटमा राखिएको निर्वाचन कार्यतालिका अनुसार असार २२ गते निर्वाचन सम्पन्न भइसकेको बुझिन्छ । हुँदै नभएको निर्वाचन कार्यतालिका वेवसाईटमा राखिरहेर महासंघ नेतृत्वले नयाँ ‘गाईजात्रा’ प्रदर्शन गरेको महासंघ कै जिल्ला नेताहरुले बताएका छन् ।

महासंघको एउटै वेवसाईटमा दुईवटा सदस्यता विवरण अपलोड गरिएको छ । निर्वाचन कार्यबिधिमा अपलोड गरिएको र सदस्य विवरणका नाममा पहिले देखि नै अपलोड भएको सदस्य विवरणले पनि दुनियाभरका पाठकलाई भ्रमीत पारिरहेको छ । समयसीमा भित्र निर्वाचन गर्न असक्षम महासंघ नेतृत्वले सम्भव भएको वेवसाईट अपडेटमा ध्यान नपुग्दा संसार भरका पाठकहरुबीच भ्रम उत्पन्न भएका पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतमले बताए । वेवसाईटले महासंघको नेतृत्वको क्षमताको चित्रण गरेको उल्लेख गर्दै गौतमले महासंघको नेतृत्व राजनीतिक चक्रब्यूहमा पर्दा सिङ्गो पत्रकार जगतको गरिमा धुमिल भएको बताए । उनले समाजको अगुवा भनेर चिनिने पत्रकारहरुको प्रतिष्ठालाई नेतृत्वको असक्षमताले कमजोर बनाएको बताए । नारामा ब्यवसायिकता कर्ममा राजनीतिक दाउपेच पत्रकारको पहिचान बनेको उनले बताए ।

महासंघ बाँकेका अर्का पूर्व अध्यक्ष झलक गैरेले महासंघको नेतृत्वलाई नालायकको संज्ञा दिए । उनले तोकिएको समयमा निर्वाचन गर्न हुति राख्न नसक्दा नै आफुले नेतृत्व नालायक भएको टिप्पणी गरेको उल्लेख गर्दै त्यही नालायकिपनको बिम्ब महासंघको वेवसाईटमा देखिएको बताए । उनले महासंघका अगुवाहरुले यथासिघ्र हस्तक्षप गरेर महासंघलाई लयमा लैजानुपर्ने ओंल्याए ।

महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले महासंघको क्रियाकलापले समाजमा पत्रकारहरुको गरिमा कमजोर बनाएको टिप्पणी गरे । उनले पछिल्लो समय समाजमा पत्रकारहरुप्रति समाजको दृष्टिकोण गलत बन्दै गएको बताउँदै त्यसको मुख्य कारण पत्रकारहरु स्वयम भएको बताए । ‘एउटा पत्रकार राजनीतिक दलको गोटी, ब्यापारीको गोटी र अमुक नेताको गोटी हुँदाको परिणाम पत्रकारिताको गरिमा खस्कंदो अवस्था छ ।’ उनले भने ।

महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्यले महासंघको नेतृत्वको गतिहिनताको परिणाम सूचनाको मुख्य स्रोत वेवसाईट अध्यावधिक नहुनु भएको बताए । उनले सचिवालय, महासचिव र कर्मचारी टिमले सूचनाको महत्वलाई नबुझ्दा वेवसाईटमा भ्रमपूर्ण सूचना अध्यावधिक नभभएको बताए । वेवसाईटका मुख्य महत्वपूर्ण सूचना अध्यावधिक नगरि सामान्य विज्ञप्तिमा वेवसाईटमा दपलोड गरेर बस्नु सचिवालयको निश्क्रियता भएको कर्माचार्यको ठहर छ ।

वेवसाईट अध्यावधिकका बारेमा प्रतिक्रियाका लागि फोन गर्दा महासंघका महासचिव रोसन पुरी मोबाइल स्वीच अफ गरेर बसेका छन् भने अध्यक्ष बिपुल पोखरेलले मोबाइल उठाएनन् । http://www.fnjnepal.org/np

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ३ : १६ बजे

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन