१० माघ २०८१, बिहिबार | January 23, 2025

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने प्रतिबद्धता



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रयोगका आधारमा डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् महसुल उठाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले डेडिकेटेड र ट्रङ्क लाइनबारे आवश्यक प्रमाण दिने जिम्मा नेपाल विद्युत् प्राधिकरणको भएको उल्लेख गरे ।

उनले लाल आयोगको प्रतिवेदनपछि प्राधिकरणले २०७२ साल माघदेखि २०७५ वैशाखसम्म प्रिमियम महसुलको बिल जारी गरेको पनि संसद् समक्ष प्रस्तुत गरे । उनले डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् महसुल असुलउपरबारे संसद्को लेखा समितिमा छलफल चलिरहेकाले सरकारले सो समितिको निर्णयको प्रतीक्षा गरिरहेको बताए ।

बुढीगण्डकी जलविद्युत् आयोजनाबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले २०७९ साल भदौ १७ मा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड दर्ता भएको जानकारी दिए । “रु ४२ दशमलव ६५ अर्ब मुआब्जा रकम वितरण भएको छ, विस्तृत आयोजना प्रतिवेदन तथा वातावरणीय अध्ययन प्रतिवेदन तयार र स्वीकृत भएको छ”, उनले भने ।

उनले अनुमानित लागत रु सात खर्ब ७७ अर्ब रहेको उल्लेख गर्दै अधिकांश प्राविधिक विषयमा सहमति भएको बताए । आयोजना कार्यान्वयन गर्न सोको सिद्धान्त र नेपालको हितलाई ध्यान दिई वार्ता र छलफलबाट सहमतिमा पुग्न भारतसँग कूटनीतिक पहल भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ६ : ५७ बजे

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

वासिंगन डिसी। अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन

भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित

काठमाडौं । भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै

जनता र विकासलाई केन्द्रमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका

तोलामा चार सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बिहिबार सुन चाँदीको भाउ घटेको छ। आज

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब