११ माघ २०८२, आइतबार | January 25, 2026

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा



म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो ।

जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिए । “मौसममा सुुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,” उनले भने “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ ।”

पाँच उडानमार्फत ९० जना मुुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए। बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  १२ : ३१ बजे

‘पब्लिक डिबेट’का लागि तयार छु : एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

राष्ट्रियसभा सदस्य निर्वाचनको लागी आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

निर्वाचन आउन ३९ दिन बाँकी : उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास