६ श्रावण २०८३, बुधबार | July 22, 2026

ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा सबैभन्दा ठूलो अग्नी दाबी भुक्तानी



बुटवल । पश्चिम नेपालको बुटवलमा प्रधान कार्यालय रहने गरी गत वर्षदेखि सञ्चालन भएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले माइक्रो इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा ठूलो दाबी झण्डै ३२ लाख रुपैयाँ आगलागी पिडितलाई भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले गत असार ६ गते बुटवल मिलनचोकस्थित डेल्टा मार्टमा भएको आगोलागीबाट पसलमा भएको सम्पत्ती गुमाएका नेपाली लुगा घरका सञ्चालन प्रकाश भुसाललाई अग्नी दाबी भुक्तानी गरेको हो ।

बुटवल मिलनचोकस्थित डेल्टा एजुकेशन मार्टमा सञ्चालित नेपाली लुगा घरको कूल ४० लाखको स्टक इन्स्योरेन्सको बीमा ट्रष्ट माइक्रो इन्स्योरेन्सको बुटवल अफिसबाट भएको थियो ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाका अनुसार नेपाली लुगा घरको कूल ४० लाखको सम्पत्ती आफ्नो कम्पनीमा गरिएको र सर्भेयरले निकालेको क्षती मूल्याङ्कनमा अनिवार्य स्वैच्छिक अधिक रकम कट्टा गरी कूल ३१ लाख ८३ हजार रुपैयाँ नेपाली लुगाघरको बैंक खातामा पठाइएको हो ।

गत आर्थिक बर्षबाट देशमा सञ्चालनमा आएका ३ ओटा निर्जिवन माइक्रो बीमा कम्पनीहरुको इतिहासमै ट्रष्ट माइक्रो इन्स्योरेन्समा परेको आगलागीको बीमा दाबी यो नै अहिले –सम्मको सबैभन्दा ठूलो भएको अधिकृत ढुङ्गानाले दाबी गरे ।

गत आर्थिक वर्षको चैत्र ९ गतेबाट आफ्नो कारोबार सुरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशका प्रमुख शहर तथा जिल्लाहरुमा झण्डै डेढ दर्जन शाखा तथा उपशाखामार्फत माइक्रो बीमा व्यवसाय गर्दै आएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ४ : ३३ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको