७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल रेडक्रस सोसाइटीले ६२औँ स्थापना दिवस मनाउँदै



काठमाडौं । नेपाल रेडक्रस सोसाइटी(नेरेसो)ले बुधबार ६२औँ स्थापना दिवस मनाउँदै छ । सोसाइटीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत यो वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ स्थापना दिवस मनाउन लागेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाका रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा सक्रिय भएको जनाएको छ ।

सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा हाल सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सदस्य संस्थाका रुपमा स्थापना भई देशभर नै मानवीय सेवाका काम गर्दै आएको छ ।

‘म सेवा गर्छु’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगीका रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्त्वपूर्ण गतिविधि देशैभरि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १० : २७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११