२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपाल रेडक्रस सोसाइटीले ६२औँ स्थापना दिवस मनाउँदै



काठमाडौं । नेपाल रेडक्रस सोसाइटी(नेरेसो)ले बुधबार ६२औँ स्थापना दिवस मनाउँदै छ । सोसाइटीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत यो वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ स्थापना दिवस मनाउन लागेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाका रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा सक्रिय भएको जनाएको छ ।

सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा हाल सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सदस्य संस्थाका रुपमा स्थापना भई देशभर नै मानवीय सेवाका काम गर्दै आएको छ ।

‘म सेवा गर्छु’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगीका रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्त्वपूर्ण गतिविधि देशैभरि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १० : २७ बजे

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा