१७ माघ २०८२, शनिबार | January 31, 2026

डा. चापागाई बने पहिलो ठुलो दानकर्ता, बैकुण्ठधामका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान



नेपालगन्ज । बाँकेको सिधनियाघाटमा प्रस्ताव गरिएको बैकण्ठधाम निर्माणका लागि आर्थिक सहयोग प्राप्तहुने क्रम सुरु भएको छ । बैकुण्ठधाम निर्माणका लागि आर्थिक संकलन प्रयोजनको उद्देश्यले कार्तिक महिनामा धार्मिक महोत्सवको तयारीमा जुटेको बैकुण्ठधाम मुल समितिलाई पहिलो ठुलो धनराशी सहयोग गर्नेमा भेरी अस्पतालका चिकित्सक डा. बद्री चापागाईको नाम दर्ज भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ डा. चापागाईले पहिलो दान स्वरुप ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । पितृश्राद्धको पहिलो दिन डा. चापागाईले आफ्ना हजुरबुबा स्व. हितलाल चपाईको स्मृतिमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका हुन् ।

ब्यवस्थित दाहसंस्कार स्थल नभएका कारण वर्षौदेखि समस्या भोगिरहेका बाँके र यस आसपासको स्थानीयबासीको सहजताका लागि राप्ती नदी किनारको सिधनियाघाटमा बैकुण्ठधामको संकल्प गरिएको छ । नेपालगन्जको मर्निङवाक गर्ने एक समुहले गरेको संकल्पलाई साकार पार्न हालसम्म ३ हजार सदस्सीय मुल समिति सहति बिभिन्न उपसमितिहरु बनेका छन् । धामनिर्माणका सहयोगार्थ बाचनशिरोमणी दीनबन्धु पोखरेलको संयोजनमा कार्तिक २२ देखि ३० गते सम्म धार्मिक महोत्सव हुने भएको छ ।

बैकुण्ठधाम सिधनियाघाट समुहले पितृश्राद्धको तिथिमा पितृको नाममा बैकुण्ठधामको लागि पितृ दक्षिणा संकल्प गर्न सर्वसाधारणमा आह्वान गरेको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : ४१ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान