१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

सिटी वालेटले गर्यो चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा, प्रति रेमिट भूक्तानीमा ७०० सम्मको क्यासब्याक पाइने



काठमाडौ । सिटी वालेट प्रा.लि. ले दशै, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ ।

नेपालको सवै भन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो ।

रु ५००० भन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेट मार्फत प्राप्त गर्दा सिटीपे प्रोमो कोड प्रयोग गरी रु २०० रुपैंया रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ जना ग्राहकहरुलाई रु ५०० बराबरको वोनस गरी कुल ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । विदेश स्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीवाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन ।

साथै दशै तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ । आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा FLIGHT200 प्रोमोकोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

“यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो ।

दशै, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौं ।हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो ।“ सिटी वालेट प्राइभेट लिमिटेड का प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले भने ।

यस अफरको फाईदा लिन सिटीपे https://onelink.to/6c5dbt मा गई , आफ्नो सिटीपे वालेट दर्ता गरी रेमिट भूक्तानी प्रक्रिया पुरा गर्न सकिन्छ । सिटीपे वालेट मार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिट लगायतका रेमिट भूक्तानी गर्न सकिन्छ । यो योजना सिमीत अवधिका लागी रहने छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ४० बजे

ढोरपाटन-निसेलढोर सडक स्तरोन्नति

ढोरपाटन । बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

पोखरा । अरू दिनभन्दा बुधबार पोखराको हङकङ बजारछेउको दृश्य भिन्न

विविधताबीचको एकता राष्ट्रिय शक्ति र सभ्यताको पहिचान : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र

चाडपर्वले समाजमा आपसी सहिष्णुता र सद्भावको परम्परा कायम : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला

सङ्खुवासभा । यहाँको मकालु वरुण राष्ट्रिय निकुञ्जले यही जेठ २५