१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लिटिल हंगरको तेस्रो शाखा खजुरामा



खजुरा । नेपालगन्जमा मिठाइजन्य खाद्य पदार्थ तथा बेकरी र साकाहरी रेष्टुरेन्टको ब्राण्ड बनेको लिटिल हंगरले खजुरामा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । नेपालगन्ज र कोहलपुरमा केक बेकरी सहितको साकाहारी रेष्टुरेन्टको सफल सञ्चालनपछि तेस्रो शाखाकारुपमा खजुरामा लिटिल हंगरको शाखा सञ्चालनमा आएको हो ।

आज एक कार्यक्रमका बीच लिटिङ्ग हंगरको तेस्रो शाखाको खजुरा गाउँपालिकाका प्रमुख डम्बर विक तुफानले उदघाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष विकले खजुराले सफल ब्यवयायी भित्र्याउन सकेकोमा खुसी ब्यक्त गरे । उनले खजुरामा आवश्यक भएको आधुनिक र सुबिधासम्पन्न रेष्टुरेन्ट र केक बेकरीलाई लिटिल हंकगरले पुरा गरेको बताए ।

लिटिल हंगरका प्रोपराइटर पियुष गुप्ताले कोहलपुरको व्यवसायिक सफलतापछि मिठाइ तथा केक एण्ड बेकरीको शाखा खजुरामा सञ्चालन गरिएको बताए । उनले खजुराबासीबाट पनि भरपूर साथ पाउने अपेक्षा सहित खजुरामा आफु प्रवेश गरेको बताउँदै उनले शाखा रहेकै स्थानमा जन्मदिन जस्ता तथा साना कार्यक्रम गर्ने हल उपलब्ध रहेको जानकारी दिए ।

‘हामी सेवाग्राहीलाई स्तरीय मिठाई सँगै केक एण्ड बेकरीको सहज उपलब्धताका लागि नेपालगन्जबाट कोहलपुर र अब खजुरामा पुगेका छौं’, गुप्ताले भने । उनका अनुसार कार्यक्रमहरु र घरमा हुने कार्यक्रमहरुमा पनि डेलिभरीको सुबिधा उपभोक्ताले प्राप्त गर्न सक्नेछन् ।

उदघाटन कार्यक्रममा खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, समाजसेवी शिवराज श्रेष्ठ, रामचन्द्र बोगटी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ६ : ४० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा